काठमाडौं । राजपुर बम विस्फोट काण्डका आरोपी तत्कालीन सांसद एवं नेपाली नेपाली कांग्रेसका नेता महोम्मद आफताब आलमको मुद्दा १५ दिनपछि सरेको छ । रौतहट जिल्ला अदालतबाट बुधवार न्यायाधीश बाबुकाजी बानियाको एकल इजलासले दुई बुँदे आदेश दिएसँगै मुद्दा १५ दिनपछि सरेको हो ।
न्यायाधीश बानियाँको इजलासले दुवै तर्फका वकिलले लिखित बहस नोट र महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णयको रिपोर्ट, सर्वोच्चबाट मुद्दा चल्ने भएपछि साक्षी बकपत्रसहितको टिपोट १५ दिन भित्र पेस गर्न आदेश दिएकाे छ । बुधबार दिउँसो बहस सकेपछि न्यायाधीश बानियाले दुई बुँदे आदेश दिएका हुन्।
पहिलो संविधान सभाको पूर्वसन्ध्यामा राजपुरमा बम विस्फोटन भएको थियो। सो विस्फोटनमा ठुलो मानवीय क्षति भएको तथा राजा चिम्नी उद्योगमा जिउँदै मानिस जलाएको आरोप आफताब आलमसहित ७ जना माथि लागेको थियो ।
२०७६ सालमा पुनः उक्त मुद्दामा आलमलाई पक्राउ गरी थुनछेक बहस हुँदा निजलाई पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय भएको थियो।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend