Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेका ६ जना केन्द्रीय सदस्यको पद रिक्त


    बुधबार, कार्तिक २२ २०८०
    815
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ। प्रदेश अध्यक्ष निर्वाचित भएका र उम्मेदवारी दिएकाहरूको पद रिक्त भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

    उनका अनुसार लुम्बिनी प्रदेश अध्यक्षमा पराजित हरि रिजाल, बागमतीमा प्रदेश अध्यक्ष बनेका कैलाश ढुंगेल र पराजित कृष्णप्रसाद दाहालको केन्द्रीय सदस्य रिक्त भएको हो। त्यस्तै गण्डकीमा प्रदेश अध्यक्षमा उम्मेदवार भई पराजित मायानाथ अधिकारी, कर्णालीमा प्रदेश अध्यक्ष बनेका गुलाबजंग शाह र कोशी प्रदेशमा अध्यक्षका प्रत्यासी बनेका विनोद ढकालको पद केन्द्र्रीय सदस्य रिक्त भएको हो।

    एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद रिक्त भएको मानिने छ।

    एमालेको प्रदेश अध्यक्षहरू पदेन केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य हुनेछन्।

    त्यस्तै ६ जना केन्द्रीय सदस्यहरूको पद रिक्त भएको जानकारी आज बुधबार दिउँसो बसेको पार्टी सचिवालय बैठकमा गराइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार