Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको निर्णय- मध्यपहाडी विशेष अभियान मंसिर १४ देखि गर्ने


    बुधबार, कार्तिक २२ २०८०
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ ।

    आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले आगामी मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    ‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ’, उनले भने ।

    ज्ञवालीका अनुसार अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् ।

    पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको उनले बताए । त्यस्तै सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रित हुने बताइएको छ । सँगै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार गर्ने विषयमा पनि अभियान केन्द्रित हुनेछ ।

    ‘अहिले निराशाको खेती छरिएको छ, परिवर्तनको विपक्षमा उभ्याउने कोसिस भइरहेको छ । पुष्पलालले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी ७५औं वर्षमा पुगिरहँदा यो बीचमा के काम गर्‍यौं । यो देशलाई हामीले नै राम्रो बनाउन सकिन्छ । परिवर्तनका लागि लडेकाहरू हामी यहीँ जनताको साथमा छौं भन्ने सन्देश हामीले दिनेछौं’, ज्ञवालीले भने ।

    ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता-कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने छ ।

    मध्यपहाडी लोकमार्ग पदयात्रामा परिचालनको निर्णय गर्न आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटीको छैटौं बैठक डाकिएको छ ।

    बैठकले जाजरकोट भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार