Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेको सचिवालय बैठक जारी


    बुधबार, कार्तिक २२ २०८०
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

    केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जाजरकोट भूकम्पले पुर्याएको क्षति, आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    एमालेको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बैठकमा केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने, मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने अभियानको कार्यक्रम तय गर्ने लगायतबारे छलफल गर्न बैठक बसेको जानकारी दिए ।

    आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार