Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा भारतीय नागरिकले गरे नबिल बैंकको एटिएम मेसिन तोडफोड


    बुधबार, कार्तिक २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कास्की। एक भारतीय नागरिकले पोखरा महानगरपालिका–८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय कास्कीले भारतको बिहार घर भइ पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई मंगलबार राति उक्त एटिएम मेसिन तोडफोड गरेको आरोपमा पक्राउ गरेको हो।

    पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

    उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार