Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पूर्वसचिव रमेश सिंहले जाँदाजाँदै ३० लाखका सामान घरमा लगे, सरकारी सम्पत्ति दुरुपयोग गर्नेहरूको छानबिन होला ?


    बुधबार, कार्तिक २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौ । तत्कालीन सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले अवकाश हुनै लाग्दा सरकारी कोषबाट ३० लाख रुपैयाँ बरारारका विभिन्न सामग्री आफ्नो निवासमा पु¥याएको पाइएको छ ।
    सिंहले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट ३० लाख रुपैयाँ बराबरका सामान खरिद गर्न लगाएर आफ्नो घरमा पु¥याएका छन् । आफ्नो नाममा ३० लाखको बेरुजु नदेखिएयोस् भनेर उनले चलाखीसमेत गरेका छन् ।

    मन्त्रालय स्रोतका अनुसार आफूले लगेको सामान मन्त्रालयले बुझेको भनेर मन्त्रालयका एक जना तल्लो तहका कर्मचारीलाई भपाई गर्न लगाएका छन् तर सामान मन्त्रालयमा बुझाएका छैनन् । मन्त्रालय स्रोतका अनुसार कम्प्युटर, ल्यापटप, कुर्सी, सोफा जस्ता सामान उनले घरमा लगेका छन् । मन्त्रालयका कर्मचारीले तत्कालीन सचिव सिंहको दबाबमा ल्यापटप लगायत बुझेको भपाई गरे पनि कुनै पनि सामान मन्त्रालयमा छैनन् ।

    सिंहले यतिमात्र गरेका छैनन्, अवकाशपछि पनि लामो समय उनले मन्त्रालयकै गाडी प्रयोग गरेका थिए । अवकाशपछि करिब ६ महिनासम्म उनका ड्राइभर मन्त्रालयकै कर्मचारी थिए । ती ड्राइभरले सहरी विकास तथा भवन निर्माण विभागबाट तलब बुझ्थे र सिंहको गाडी चलाउने गर्थे ।

    २०७९ साल मंसिर ४ बाट सिंहले सचिवको रुपमा ५ वर्षको कार्यकाल पूरा गरेर अनिवार्य अवकाश पाएका थिए । उनी दुई पटक सहरी विकास मन्त्रालयको सचिव भएका थिए । अवकाशपछि सहरीमा फर्कन उनले निकै प्रयास गरेका थिए । उनलाई सहरीमा फर्काउन तत्कालीन सहरी विकासमन्त्री मेटमणि चौधरीले सहरी क्षेत्रमा हेर्नेगरी सुकुम्वासी आयोग गठन गर्ने तयारी गरेका थिए । यसका लागि सुुकुम्वासी आयोग गठन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लग्नेगरी तयार भइसकेको थियो । मन्त्रिपरिषद्बाट उक्त प्रस्ताव पास हुन नपाउँदै चौधरी सहरी विकास मन्त्रालयबाट बिदा भएका थिए । सिंहले चौधरीलाई चुनावको बेला ठूलो गुण लगाएका थिए । चौधरीलाई चुनावमा विजयी बनाउन सिंह आफै ब्रिफकेश बोकेर दाङ पुगेका थिए । पछि एमालेका कार्यकर्ताहरुले थाहा पाएपछि उनी रातारात होटलबाट भागेका थिए ।

    सहरी विकास मनत्रालयका लागि आवश्यक सामान खरिद गर्न हरेक बर्र्ष त्यहीँ पर्याप्त बजेट छुट्याउने गरिन्छ । मन्त्रालय अन्तर्गतको निकाय संघीय सचिवालय ब्यवस्थापन कार्यालयबाट मन्त्रालयका लागि सामान लिनुपर्ने आवश्यकता नै छैन । सचिव सिंहले ३० लाख बराबरका ल्यापटप, फर्निचर लगायतका विभिन्न सामान संघीय सचिवालयबाट आफ्नो घरमा लगे । अवकाशको मुखमा बेरुजु देखिने भएपछि उनले हतार हतार मन्त्रालयमा बुझाएको भनेर भर्पाई गर्न लगाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय सचिवालयबाट यसरी राष्ट्रको बजेट दुरुपयोग गरी लाखौंका सामान घरमा लाने प्रवृत्ति रोक्न आवश्यक छ, सहरी विकास मन्त्रालयकै एक अधिकृतले भने ।

    अवकाशपछि पनि सरकारी सामान प्रयोग गर्ने सचिव सिंहमात्र छैनन् । यसअघि पनि सचिवहरुले अवकाशपछि पनि सरकारी सामान प्रयोग गर्ने गरेका छन् । खासगरी अवकाशपछि ल्यापटप, मोबाइल जस्ता सामग्री कार्यालयमा फर्काउने गरेका छैनन् ।

    केही दिनअघि अवकाश पाएका रविन्द्रनाथ श्रेष्ठले मन्त्रालयकै गाडी प्रयोग गर्ने गरेका छन् । उनलाई बा १९ च ५४१ नम्बरको भवन विभागको गाडीमा सहरी विकास मन्त्रालयका सवारीचालक धनराज खतिवडाले दैनिक ल्याउने र लाने गरिरहेका छन् । उनी हरेक दिनजसो बहालवाला सचिवकै जस्तो सानसौकत देखाएर मन्त्रालयमा आउने गर्दछन् । सहरी विकास मन्त्रालयको पनि जानकारी नभएका र निर्णय क्षमता नभएका सचिव सर्जुकुमार बैद्यलाई पूर्वसचिव श्रेष्ठले नै ल्याएका हु्न् । निर्णय क्षमता नभएका सचिवलाई ल्याएर सहरी विकासका हरेक निर्णयमा पूर्वसचिव श्रेष्ठ हावी हुने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार