Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नेप्से सूचक आज दोहोरो अंकले बढ्दा झन्डै अर्बको कारोबार


    मंगलबार, कार्तिक २१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन २१ अंकमाथिले बढेको नेप्से सूचक आज थप ११.२२ अंकले बढ्दै १८ सय ५८.७६ अंकमा उक्लिन पुगेको हो ।

    यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.४६ अंकले बढ्दै ३५८.१९ अंकमा उक्लिएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले जनाएको छ । त्यस्तै निर्जीवन बीमा समूह अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । निर्जीवन बीमा समूहको उपसूचक भने आज ०.१८ प्रतिशतले घटेको छ ।

    ११ अंकले नेप्से सूचक बढेको यस दिन झन्डै अर्ब रुपैयाँ (९९ करोड ६५ लाख ८६ हजार) बराबरको कारोबार भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१६ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२६ प्रतिशतले घट्न पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार