Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेकपा एसले भूकम्पपीडितको राहतका लागि प्रधानमन्त्री प्रचण्डलाई बुझायो २५ लाखको चेक


    मंगलबार, कार्तिक २१ २०८०
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भूकम्पपीडितका लागि नेकपा एकीकृत समाजवादीले राहत रकम प्रदान गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

    नेकपा एसको हिजो बसेको सचिवालयले बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

    नेकपा एसले पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि साथै राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार