जनकपुरधाम । जिल्ला पूहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्कालाई तानिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई अपराध अनुसन्धान विभागमा काजसरुवा गरेको छ । आरती साहको रहस्यमय मृत्युका बारेमा धनुषाका प्रहरी प्रमुख खड्काको भूमिकाका बारेमा धेरै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले उनलाई तानेको हो ।
जनकपुरकी आरती साहको हत्या घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगर्दा एसपी खड्का मात्र होइन सिंगो प्रहरीको आलोचना भएको छ । साहका परिवार चार महिनादेखि काठमाडौंको माइतीघरमा धर्नामा बस्दै आएका छन् । एसपी खड्का र डिएसपी वेदप्रकाश गौतमलाई कारबाहीको माग राख्दै उनीहरु धर्नामा बसेका हुन् ।
जनकपुर उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहको २०७९ जेठ ७ गते रहस्यमय मृत्यु भएको थियो । आरतीको हत्या भएको र न्याय पाउने आश नदेखेपछि उनका माइती पक्ष काठमाडौंमै आएर अनसन छन् । जनकपुरमा न्याय पाउने आश आशा मरेपछि २०७९ असार १ गतेदेखि आन्दोलनमा छन् । आरतीकी आमा निर्मलादेवी, भाइ धिरज, बहिनी मनिषा र ठूलीआमा रञ्जनादेवी काठमाडौंमा दबाबह दिनका लागि आएका थिए । तर आन्दोलन गर्दा उल्टै दमन भएपछि अनसन बसेका छन् ।
आरतीको हत्यामा उनकै श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन साहको संलग्नता रहेको भन्दै उनीहरुविरुद्ध माइत पक्षले ज्यानसम्बन्धी प्रहरीमा जाहेरी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले आरतीका श्रीमान र ससुरालाई पक्राउ पनि गरे । अहिले दुबैलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
हालै एक बिवादमा जनमत पार्टीका कार्यकर्तालाई अनावश्यक दुःख दिएका कारण पनि उनलाई काजमा तानिएको प्रहरी स्रोतले बताएको छ ।
धनुषाका एसपी खड्का आर्थिक मामिलामा पनि निकै विवादमा परे । उनले सई बब्लुकुमार ठाकुरलाई घुमुवाको इन्चार्ज बनाएर क्रसर, तस्करहरुसँग असुली गर्न लगाएको आरोप पनि लाग्दैआएको छ । उनी २०७९ पुस ११ मा जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएका थिए ।
खड्का तानिए पनि नयाँ एसपी भने प्रहरी प्रधान कार्यालयले खटाएको छैन ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend