जनकपुरधाम । जिल्ला पूहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्कालाई तानिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई अपराध अनुसन्धान विभागमा काजसरुवा गरेको छ । आरती साहको रहस्यमय मृत्युका बारेमा धनुषाका प्रहरी प्रमुख खड्काको भूमिकाका बारेमा धेरै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले उनलाई तानेको हो ।
जनकपुरकी आरती साहको हत्या घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगर्दा एसपी खड्का मात्र होइन सिंगो प्रहरीको आलोचना भएको छ । साहका परिवार चार महिनादेखि काठमाडौंको माइतीघरमा धर्नामा बस्दै आएका छन् । एसपी खड्का र डिएसपी वेदप्रकाश गौतमलाई कारबाहीको माग राख्दै उनीहरु धर्नामा बसेका हुन् ।
जनकपुर उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहको २०७९ जेठ ७ गते रहस्यमय मृत्यु भएको थियो । आरतीको हत्या भएको र न्याय पाउने आश नदेखेपछि उनका माइती पक्ष काठमाडौंमै आएर अनसन छन् । जनकपुरमा न्याय पाउने आश आशा मरेपछि २०७९ असार १ गतेदेखि आन्दोलनमा छन् । आरतीकी आमा निर्मलादेवी, भाइ धिरज, बहिनी मनिषा र ठूलीआमा रञ्जनादेवी काठमाडौंमा दबाबह दिनका लागि आएका थिए । तर आन्दोलन गर्दा उल्टै दमन भएपछि अनसन बसेका छन् ।
आरतीको हत्यामा उनकै श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन साहको संलग्नता रहेको भन्दै उनीहरुविरुद्ध माइत पक्षले ज्यानसम्बन्धी प्रहरीमा जाहेरी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले आरतीका श्रीमान र ससुरालाई पक्राउ पनि गरे । अहिले दुबैलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
हालै एक बिवादमा जनमत पार्टीका कार्यकर्तालाई अनावश्यक दुःख दिएका कारण पनि उनलाई काजमा तानिएको प्रहरी स्रोतले बताएको छ ।
धनुषाका एसपी खड्का आर्थिक मामिलामा पनि निकै विवादमा परे । उनले सई बब्लुकुमार ठाकुरलाई घुमुवाको इन्चार्ज बनाएर क्रसर, तस्करहरुसँग असुली गर्न लगाएको आरोप पनि लाग्दैआएको छ । उनी २०७९ पुस ११ मा जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएका थिए ।
खड्का तानिए पनि नयाँ एसपी भने प्रहरी प्रधान कार्यालयले खटाएको छैन ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend