Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान


    सोमबार, कार्तिक २० २०८०
    800
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्।

    एसिया प्रशान्त क्षेत्रीय उद्योग बाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।

    ‘नेपालमा लगानीका अवसर बढ्दै गएका छन् र लगानी सहज बनाउने कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु,’ उनले भने।

    कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर रहेको उनले बताए।

    ‘नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ। म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु’, उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार