Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंसिर २२ गते काठमाडौंमा हुने जनप्रदर्शन स्थगित गर्ने माओवादी केन्द्रको निर्णय


    सोमबार, कार्तिक २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आगामी मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ ।

    जाजरकोटको रामीडाँडा केन्द्र गरी ६.४ म्याग्नेच्युडको भूकम्प गएकाले अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै मंसिर २२ को जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले बताए।

    ‘मंसिर २२ को काठमाडौंको जनपरिचालनमात्र स्थगित गरिएको छ। स्थानीय पालिका र वडास्तरका जनपरिचालन भने यथावत् छन्,’ महासचिव गुरूङले भने।

    माओवादी केन्द्रले बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार