Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलको १० दिन लामो युरोप भ्रमण रद्द गर्न रवीन्द्र मिश्रको आग्रह


    शनिबार, कार्तिक १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको हुन लागेको युरोप भ्रमणलाई रद्द गरी त्यहाँ हुने खर्च रकम भूकम्प पीडितको राहत र उद्धारमा खर्च गर्न आग्रह गरेका छन् ।

    यही कात्तिक २२ गते फ्रान्स जाने तय भएको छ । फ्रान्सको पेरिसमा हुने ‘पीस फोरम’मा सहभागी हुनका लागि उनी त्यता जाने तयारीमा लागेका छन् ।

    उपाध्यक्ष मिश्रका अनुसार राप्रपाले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोलीलाई भूकम्प गएको क्षेत्रमा खटाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार