Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालेन साहको अभिब्यक्ति अशोभनीय, अमर्यादित र खेदपूर्णः प्रमाणित गर्न चुनौती


    शुक्रबार, कार्तिक १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । उपत्यका मेयर्स फोरमले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सामाजिक संजालमार्फत् दिएको अभिब्यक्तिप्रति खेद प्रकट गरेको छ ।

    मेयर्स फोरमको शुक्रबार बसेको आकस्मिक बैठकले काठमाडौका मेयर साहले कात्तिक १५ गते सामाजिक संजालमा दिएको अभिब्यक्ति अत्यन्तै अशोभनीय, अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण भएकाले उक्त अभिव्यक्ति प्रमाणित गरी देखाउन समेत चुनौती दिएको छ ।

    काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न लगानी बोर्डले अन्तर्राष्ट्रिय बोलपत्र विधिद्वारा छनौट गरिएको नेपवेष्ट संस्थाको बारेमा छलफल गर्नका लागि कात्तिक १४ मा बोलाइएको बैठकमा मेयर साहले फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कार्यक्रमको एजेन्डाका बारेमा कुरा राख्दाराख्दै बोल्न माग गरेका थिए । अध्यक्ष महर्जनले बोल्न पाउने भन्दाभन्दै उनी उठेर हिडेका थिए । र, उनको उक्त कार्यका बारेमा टिकाटिप्पणी भएपछि उनले कात्तिक १५ गते सामाजिक संजालमा राजनीतिक दल र नेताहरुप्रति घृणा फैलाउने कुरा पोष्ट गरेका थिए ।

    मेयर्स फोरमको आकस्मिक बैठकपछि महासचिव घनश्याम गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘२०८० कात्तिक १७ गते काठमाडौ उपत्यका मेयर्स फोरमको उपलब्ध नगर प्रमुख तथा उपप्रमुखहरुको आकस्मिक बैठकले २०७० कात्तिक १४ मा बुढानीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा भएको पाँचौं बैठकमा काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बैठकको प्रारम्भमा नै फोरमका अध्यक्ष चिरीबाबु महर्जनले बैठकको ऐजेण्डा सम्बन्धी कुरा गर्दागर्दै ुखै म बोल्छुु भनी माइक लिन अग्रसर हुनुभएको अवस्थामा अध्यक्षले ‘ऐजेण्डा प्रस्तुत भएपछि छलफल गरौंला, बोल्न नपाइने भनेकै छैन’ भन्दै गर्दा ‘बोल्न नदिने भए म गएँ, तपाइहरु नै बैठक गर्नुस् भनी अशोभनीय र अमर्यादित ढङ्गले जुरुक्क उठेर बैठक स्थलबाट हतारहतार बाहिरिनुभएको ।

    बैठकमा प्रस्तावित पहिलो ऐजेण्डा नेपवेष्ट, जसलाई फोहोरमैला व्यवस्थापन गर्न लगानी बोर्डले अन्तराष्ट्रिय बोलपत्र विधिद्वारा छनौट गरिएको संस्था, जसलाई काठमाडौ महानगरपालिकाले समेत २०७८ फागुन १३ मा स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिसकेको थियो । सो सन्दर्भमा काठमाडौ उपत्यकाको फोहोरमैला व्यवस्थापन दीर्घकालीन एवम् एकीकृत रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गर्न लागिएको उक्त बैठकको विषयलाई लिएर काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २०८० कार्तिक १५ गते सामाजिक सञ्जाल मार्फत् दिनुभएको अभिव्यक्ति अत्यन्तै अशोभनीय, अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण छ । उक्त अभिव्यक्ति प्रमाणित गरी देखाउन समेत चुनौती दिइन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार