Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषामा खसीको भन्दै बाख्राको मासु बेच्ने व्यापारी गुल्जार पक्राउ


    शुक्रबार, कार्तिक १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्दै आएका एक मासु पसलका सञ्चालकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित गुल्जार महम्मदले साहिल फ्रेस हाउँसका सञ्चालक गुल्जार महम्मदलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनको पसलबाट खसीको २१ किलो र बाख्राको ८ किलो मासु समेत बरामद गरिएको छ ।बाख्राको मासु बेचिरहेको गुनासोपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनको पसल अनुगमन गरेको थियो ।

    सो क्रममा बाख्राको मासु भेटिएपछि प्रहरीले गुल्जारलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार