काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले भारतबाट आएका नेपालीहरु सीमानाकामा अलपत्र पर्दा पनि सरकार मुकदर्शक भइ बसेकोमा दुखेसो पोखेका छन्।
उनले नेपाली भुमी आएपछि आफना नागरिकलाई क्वारेन्टाइनमा राख्नको लागि आवश्यक व्यवस्था मिलाउन नसकेकोमा गुनासो पोखेका छन् ।
उनले भने, 'सरकारले आफनो नागरिकलाई शरणार्थीको व्यवहार देखाएको छ । यस अवस्थामा सामाजिक दुरी कम गरी समस्याको समाधान गर्नु पर्ने समयमा सरकार आफैले समस्या खडा गरेको छ । सरकारले भारतीय भुमीबाट नेपाल आएका नागरिकलाइ उचित व्यवस्था मिलाउनु पर्ने थियो । तर मिलाउन सकेको छैन ।'
'उनीहरुले सीमापारीबाट आफ्नो देश फर्कन पाउनुपर्छ भन्दै नाराबाजी गरे । सरकारले सुनेन । बाध्य भएर ज्यानको बाज़ी थाप्दै महाकाली नदीमा हाम फालेर स्वदेश फर्किदा समेत सरकारले गरेको दुर्व्यवहार अक्ष्यम्य छ,' महरले भने, 'कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी राख्नुपर्ने बेला उनीहरुलाई क्याम्पमा राखिएको छ । त्यहा उत्पन्न खतराको जिम्मा कसले लिन्छ सरकार । '
आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार बनेको उनको आरोप लगाए । 'रेमिट्यान्सका माध्यमले देशको अर्थतन्त्रमा करिब ९ खर्वको योगदान दिने आफ्नै जनता लाई ‘जुन देशमा छन्, त्यही देशले रेखदेख गर्नुपर्छ भन्दै आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार बन्यो,'महरले भने ।
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend