Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रमेश लेखकले भने- संसद् निरन्तर अवरुद्ध भयो भने यो व्यवस्था नै कमजोर हुन्छ


    बिहिबार, कार्तिक १६ २०८०
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले निरन्तर रूपमा संसद् अवरुद्ध भयो भने यो व्यवस्था नै कमजोर हुने टिप्पणी गरेका छन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले वैशाख २४ गतेदेखि सुरु भएको बर्खे अधिवेशन ७ महिना चल्दा ११ पटक सूचना टाँस गरेर स्थगित भएको र विभिन्न कारणले पटक पटक अवरोध भएको बताए ।

    सांसद लेखकले भने–‘संसदमा विभिन्न विचार भावहरूको टकराब हुनु स्वाभाविक हो । आफ्ना दृष्टिकोणहरूलाई जनताका सामु लैजानका लागि सदनका मार्फत ध्यानाकर्षण गराउने कुरा जाहेज छ । यो संसदीय अभ्यासमा जायज हुन्छ तर लामो समयसम्म निरन्तर रुपले पटक–पटक यदी सदन अवरोध हुन थाल्यो भने यसले सदनको प्रभावकारितालाई कमजोर गर्छ । संसद्को प्रभावकारिता कमजोर भयो भने सरकारको मात्रै हैन यो व्यवस्था नै कमजोर भयो कि भन्ने सन्देशको सम्प्रेषण हुन्छ । त्यसले यो व्यवस्थाका विरुद्धमा जुन प्रायोजित विचारहरू आइरहेका छन्, जुन भाष्यहरू निर्माण भइरहेका छन्, त्यसले स्वाभाविक रूपमा बल पुग्दछ ।’

    उनले सदनको अवरोध किन हुन्छ, केका लागि भइरहेको छ त्यसबारेमा संवादमा बसेर समाधान गर्न आग्रह गर्दै अर्को संसद् अधिवेशनबाट संसद् अवरोध नहुने वातावरणका लागि आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार