Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले भन्यो- सरकारकै कारण सदन प्रभावकारी हुन सकेन


    बिहिबार, कार्तिक १६ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको कारणले सदनको कामकारबाही प्रभावकारी हुन नसकेको बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सदनको यो अधिवेशन निराशाजनक भएको टिप्पणी गरे ।

    उनले भने, ‘सदन किन र कसका कारणले प्रभावकारी हुन सकेन ? चर्चा हुन्छ सांसद्, सभाको कारणले प्रभावकारी हुन सकेन । तर, तथ्यले त्यस्तो भन्दैन । सदनको काम प्रभावकारी हुन नसक्नुको मुख्य जिम्मेवारी सरकार नै हो । सरकारको दृष्टिकोण र सरकारका गतिविधिहरू जिम्मेवार छन् ।’

    सरकारले सदन प्रभावकारी बन्न नदिएको उनको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार