Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति पौडेल समक्ष सिफारिस


    बिहिबार, कार्तिक १६ २०८०
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज(बिहीबार) बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

    संसदको अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

    सो अनुसार संसद बिहीबार बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ ।

    संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास गर्ने भन्दै सरकारले बजेट अधिवेशनलाई दशैं तिहारसम्म लम्ब्याएको थियो । तर ती दुवै विधेयक पास नगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय सरकारले गरेको स्रोतले बतायो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार