Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • ओली भन्छन्- संक्रमणकालीन न्याय पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छ


    बुधबार, कार्तिक १५ २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई पीडितकेन्द्रित भएर टुंग्याइने टिप्पणी गरेका छन् । एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा अध्यक्ष ओलीले सहमतिमै संक्रमणकालीन न्याय टुंगिने बताए ।

    ‘सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छ,’ ओलीले भने, ‘सर्वोच्च अदालतको आदेशलाई मानेर टुंग्याउनु पर्छ । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरुमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ ।’

    चियापान कार्यक्रममा सरिक रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान कांग्रेस सभापति र एमाले अध्यक्षबीच भएको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी समझदारी भएको बताएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार