Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरू च्यासल पुगे


    बुधबार, कार्तिक १५ २०८०
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको चियापान कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू लगायत विभिन्न राजनीतिक दलका नेताहरूको पुग्ने क्रम जारी रहेको छ।

    आज मध्याह्नदेखि च्यासलमा सुरू भएको चियापानको पहिलो चरणमा कार्यकर्ता र आम सर्वसाधारणहरू उपस्थित थिए। एमालेले विशिष्ट व्यक्ति र राजनीतिक दलका नेताहरूलाई दोस्रो चरणमा सहभागी हुनका लागि निम्ता गरेको थियो।

    उक्त चियापानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई च्यासल पुगेका छन्।

    त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरू पनि एमालेको चियापान समारोहमा उपस्थित भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार