Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति पौडेलले भने- आरोहणका लागि बन्द हिमालहरू खुलाउनुपर्छ


    बुधबार, कार्तिक १५ २०८०
    855
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारसँग पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न आग्रह गरेका छन् ।

    आज नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले नेपालमा आरोहणका लागि खुला नगरिएका हिमश्रृंखलाहरु खुलाउन जरुरी रहेको बताए । उनले आरोहणका लागि नखुलाइएका हिमालहरू खुलाउन हिमालको व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन सुझाव दिए ।

    जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि संघले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताए । उनले पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न आवश्यक रहेको बताए । उनले हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई हमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताए ।

    उनले भने, ‘हाम्रो पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण संघले पु¥याएको योगदानलाई बिर्सन सक्दैनौँ । हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्दै आएको छ ।

    हिमाली पर्वतारोहण संरक्षण, हिमाली जनताको संस्कृति सम्पदाको संरक्षण, आरोहण, खेलकुद गतिविधिको विकास, मृतक पर्वतारोहीका परिवारका लागि कल्याणकारी कार्यक्रम आदि अन्य गतिविधिमा नेपाल पर्वतारोहण संघले निर्वाह गरेको भुमिका असामान्य छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार