Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सञ्चालनमा आएको एक महिनामै बन्द भयो द्रुत बस सेवा, करोडौँ लगानी पानीमा


    बुधबार, कार्तिक १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सञ्चालनमा आएको एक महिना नबित्दै सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ ।

    संविधान दिवसको अवसर पारेर असोज ३ गते तामझामका साथ उद्घाटन गरिएको उक्त बस सेवा एक महिनामै ठप्प भएको हो ।

    सडकमा रङ पोत्न करोडौँ रुपैयाँ खर्च गरेर सुरु गरिएको द्रुत भनिए पनि यी बसहरू ट्राफिक जाममा मात्रै परेका थिएनन्, यिनै बसका कारण सडकको ट्राफिक समेत अस्तव्यस्त बनेको थियो । यात्रुहरूले द्रुत भनिएकाे बसमा झनै धेरै समय लागेकाे गुनासाे गरेका थिए ।

    द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन र ट्राफिक संकेत राख्न मात्रै साढे दुई करोड रुपैयाँ खर्च भएको थियो ।

    अहिले सडकमा लगाइएको रङसमेत उड्न थालिसकेको छ । सडकको गतिलो संरचना नबनाएरै हचुवाका भरमा गरिएको करोडौँ लगानी बालुवामा पानी जस्तै भएको छ ।

    तर सरकारी निकायले भने द्रुत बस सेवा बन्द नभएको दाबी गर्दै तिहारपछि व्यवस्थित रूपमा सञ्चालन हुने बताएका छन् ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगत्तै द्रुत बस सेवा पुन: सञ्चालनमा आउने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार