काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गरेका छन् ।
मंगलबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने प्रयासमा नेपाल एक्लै नरहेको भन्दै आफूहरुको सद्भाव रहेको बताए ।
‘शान्ति प्रक्रियामा तपाईंहरु एक्लै हुनुहुन्न । नेपाली नेतृत्वसँग राष्ट्रसंघ सँगै छ’, महासचिव गुटेरेसले भने, ‘संक्रमणकालीन न्यायमा पीडितकेन्द्रित प्रक्रिया अवलम्बन गर्न, अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउन र तपाईंहरुको यहाँको कानुनी व्यवस्थालाई ध्यान दिने मेरो विश्वास छ ।’
गुटेरेसले संसारले व्यहोरेको जलवायु परिवर्तनको चुनौती नेपालले समेत झेल्नुपरेको आफ्नै आँखाले देखेको बताए । सगरमाथा आधारशिविरदेखि विभिन्न ठाउँमा गएर आफूले जलवायु संकट देख्न पाएको उनले सुनाए ।
‘जलवायु परिवर्तनले विश्व नै आक्रान्त बनिरहेका बेला नेपालले चालिरहेका प्रयासको म सराहना गर्छु’, गुटेरेसले भने, ‘वनविनाश हुन नदिइकन भइरहेका संरक्षण प्रयासहरुले सकारात्मक प्रभाव पार्नेछन् । हिमालहरुमा सूर्यको प्रकाश देख्न पाइरहनेछौं भन्ने आशा छ ।’
गुटेरेसले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा उल्लेख्य योगदान दिने देशमध्ये नेपाल अग्रपंक्तिमा पर्ने भनी प्रशंसा गरे । उनले विश्वमा शान्ति स्थापनाका क्रममा विभिन्न मुलुकमा कर्तव्य पालनाका सिलसिलामा ज्यान गुमाउने नेपाली सेना, प्रहरी लगायत योद्धाहरुको सम्झनामा एक मिनेट मौनधारण आह्वान गरे ।
गुटेरेसको आह्वानमा दुवै सदनका सांसदहरुले शान्ति सैनिक तथा मिसनका ज्यान गुमाउनेहरुप्रति मौनधारण गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend