Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार दोहोरो अङ्कले घट्यो


    मंगलबार, कार्तिक १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आज (मङ्गलबार) सेयर बजारमा दोहोरो अङ्कको गिरावट आउँदा कारोबार भने ५७ करोडमा सीमित हुन पुगेको छ ।

    आज १४.२९ अङ्कले घटेर नेप्से १८६४.४० विन्दुमा बन्द भएको छ । १८६० को विन्दुलाई रिटेस्ट गरेको बजारमा कारोबार भने निकै न्यून भएको हो । अघिल्लो कारोबारको दिन कुल ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ रुपैयाँ सीमित हुन पुगेको छ ।

    आज सर्वाधिक कमाउनेतर्फ माहुली लघुवित्त, हाथवे इन्भेस्टमेन्ट र सिवाईसी लघुवित्त कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये सोनापुर मिनरल्स रह्यो । उक्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । यसैगरी मेरो लघुवित्त, बिपिडब्ल्यु लघुवित्त, मेन्छियाम, इङ्ग्वा, सुपर मादी हाइड्रो कम्पनीको सेयरको मूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

    मङ्गलबार ननलाइफ उपसूचक सर्वाधिक १.४६ प्रतिशत, माइक्रोफाइनान्स उपसूचक ०.८४ प्रतिशत र फाइनान्स उपसूचक ०.७९ प्रतिशतले घटे । आज कुनै पनि उपसमूहमा हरियाली भने छाउन सकेन । दशैंको बिदा पछि आइतबार खुलेको बजारमा तीन दिनमा ४० अङ्कको गिरावट आइसकेको छ ।

    तर बजार घट्दै जाँदा कारोबार पनि लगातार घट्दा बिक्रीकर्ता सस्तोमा सेयर बेच्न नचाहेको बुझ्न सकिन्छ । मङ्गलबारको कारोबार सन् २०२२ अक्टोबर २० यताकै न्यून कारोबार हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार