Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनजीओले बाल सुधारगृह चलाउनु ठिक भएन, सरकार मातहत ल्याउनुपर्छ: सांसद


    मंगलबार, कार्तिक १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभरका बाल सुधारगृहहरूलाई सरकार मातहत ल्याएर सञ्चालन गरिनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा आज उनीहरूले संघसंस्थाले बाल सुधारगृह चलाउनु ठिक नभएको बताए ।

    नेपाली कांग्रेसका सांसद जीवन परियारले निजी क्षेत्र र एनजीओ (राष्ट्रिय गैरसरकारी संस्था)हरूले बाल सुधारगृह चलाइरहेका भन्दै सो कार्य ठिक नभएको उल्लेख गरे । बाल सुधारगृहहरू सरकारको मातहतमा ल्याइनुपर्नेमा उनले जोड दिए ।

    “निजी क्षेत्र र एनजीओहरूले बाल सुधारगृह हेरिरहेका छन्, चलाइरहेका छन् । यो ठिक भएन । एनजीओहरूलाई सुधारगृह हेर्न दिने कुरा जतिसक्दो चाँडो सरकारले आफ्नो मातहतमा ल्याउनुपर्छ,” उनले भने, “एकैरातमा त भन्दिनँ, तत्काल स्पष्ट योजना बनाएर सरकारले मातहतमा ल्याउनुपर्छ ।”

    नेकपा (एमाले)का सांसद महेश बर्तौलाले पनि एनजीओलाई बाल सुधारगृह सञ्चालन गर्न दिन नहुने बताए । “अहिले संघसंस्था, एनजीओहरूले बाल सुधारगृह हेरिरहेका छन्, यो कुरा रोकिनुपर्छ,” उनले भने, “सरकारले मातहतमा ल्याउनुपर्छ ।”

    जनता समाजवादी पार्टी (जसपा)की सांसद रञ्जुकुमारी झाले समेत गैरसरकारी संस्थालाई बाल सुधारगृह चलाउन दिन नहुने बताइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार