Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट संक्रमितको संख्या १० लाख नाघ्यो, भारतमा बढ्दो संक्रमण 


    शुक्रबार, चैत्र २१ २०७६
    670
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २१ चैत । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट आक्रान्त छ । कोरोना भाइरसबाट बिहीबारसम्म १० लाख १४ हजार ४९९ जना संक्रमित भएका छन् । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार १६६ पुगेको छ । करिब ६ हजार मृतक थपिंदा मृत्यु हुनेको संख्या बढेको हो । दुई लाख १२ हजार मानिस निको भएर घर फर्कंदा करिब ८० हजारमा नयाँ संक्रमण फेला परेको छ । 

    अमेरिकामा सबैभन्दा बढी २ लाख ४५ हजार ८ सय ६९ भाइरसको संक्रमण भएको छ । त्यहाँ ६ हजार १२० को मृत्यु भएको छ । अमेरिकामा २ सयको दरमा रहेको मृत्युदर ५ सय हुँदै बिहीबार ९६८ पुगेको छ । कोरानाबाट संक्रमित हुनेको सख्या अमेरिकामा चीनको भन्दा तेब्बर बढी पुगेको छ । इटालीमा सबैभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ १३ हजार ९१५ को मृत्यु भएको छ । बिहीबारमात्रै इटलीमा ७६० जनाको मृत्यु भएको छ ।

    कोरोना भाइरसबाट संक्रमण कम हुने देशमा सार्क मुलुकमा नेपाल र भूटान छन् । तर भारतमा संक्रमण र मृत्यु दर बढिरहेको छ । २१ दिनको लकडाउनमा पनि भारतमा संक्रमण र मृत्युको दर बढिरहेको छ । बिहीबार भारतमा कोरोना भाइरस संक्रमणका कारण ७२ जनाको मृत्यु भएको छ । संक्रमित  २ हजार ५४३ पुगेका छन् । निको हुने दर अति कम छ । भारतमा संक्रमितमध्ये निको भएका १ सय ९१ मात्र छन् । 

    भारतमा संक्रमण बढ्नुले नेपाल पनि जोखिममा पर्दछ । खुला सीमाका कारण पनि भारतमा संक्रमण बढ्दा नेपालमा त्यसको असर पर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार