पोखरा । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी बेसक्याम्प पुगेका थिए ।
पौने घण्टा बेसक्याम्पमा रहँदा उनले स्थानीयसँग जलवायु परिवर्तनको असरबारे अनुभव सोधेका थिए । सो क्रममा स्थानीयले आफूहरूले भोगेका समस्या गुटेरेसलाई सुनाएका थिए ।
गाउँपालिकाका अध्यक्ष विष्णु केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराएका थिए भने वडाध्यक्ष हिमबहादुर गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए ।
अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किएका महासचिव गुटेरेस अहिले केही बेरमा लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गुटेरेसले लुम्बिनीको भ्रमण गर्नेछन् ।
उनले आजै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend