Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै


    मंगलबार, कार्तिक १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

    महासचिव गुटेरेसले आज अपराह्न ४ बजे बस्ने संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने स्रोतले बतायो।

    गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेकाले आज सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

    संयुक्त बैठकमा उपस्थित हुँदा सांसदहरूलाई औपचारिक पोसाक लगाउन पनि भनिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार