Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले भन्यो- दुर्गा प्रसाईंबारे प्रधानमन्त्रीसँग कुनै कुरा भएको छैन


    सोमबार, कार्तिक १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर विवादित व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न आग्रह नगरेको एमालेले दाबी गरेको छ।

    उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा संक्रमणकालीन न्याय टुंगो लगाउने विषय र अरू समसामयिक राजनीतिकबाहेक अरू विषयमा कुरा नभएको जानकारी दिए ।

    ‘प्रसाईंका विषयमा कुनै कुरै भएको छैन, यो बेकारको कुरा हो,’ अध्यक्ष ओलीको भनाइ उदृत गर्दै ज्ञवालीले भने,‘कर्कलो काट्न बञ्चरो प्रयोग गर्नुपर्छ भन्ने नै छैन, प्रधानमन्त्रीसँग यस्ता विषयमा छलफल गर्ने कुरा नै आउँदैन।’

    ज्ञवालीले एमालेविरूद्ध माओवादीले प्रोपोगाण्डा गरेको बताए।

    आइतबार बिहान माओवादी पदाधिकारीहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग प्रसाईंबारे कुराकानी भएको र ओलीले प्रसाईंलाई पक्राउ गर्नुपर्ने बताएको ब्रिफिङ गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं लामो समयसम्म यी दुबै नेताका निकटस्थ मानिन्थे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार