Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री ज्वालाको दाबी- बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गर्छौँ


    सोमबार, कार्तिक १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाले बिगारेको सडक र खाल्डाखुल्डी ५० प्रतिशत मर्मत गरिएको उल्लेख गरेका छन् ।

    प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा सोमबार उनले आउँदो तिहारअघि नै सम्पूर्ण सडक सञ्जाल मर्मत गरिसक्ने गरी काम भइरहेको बताएका हुन् ।

    “दसैँअघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने योजना मन्त्रालयको थियो । तर, वर्षा नरोकिएका कारण दसैँअघि यो सम्भव भएन,” मन्त्री ज्वालाले भने, “दसैँअघि ५० प्रतिशत मात्र काम गर्न सक्यौँ । बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गरिसक्छौँ ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार