काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा घरेलु टिम नेपालले सिंगापुरबाट १ सय ४६ रनको लक्ष्य पाएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाउन सफल भयो ।
सिंगापुरका ओपनर रोहन रंगराजनले ४६ रन बनाए । उनले ३० बलमा नौ चौका र एक छक्का प्रहार गरे ।
सिंगापुरले स्कोरबोर्डमा खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । तर, त्यसपछि दोस्रो विकेटका निमित रंगराजने सुरेन्द्रन चन्द्रमोहनसँग ५२ रनको साझेदारी गर्दै सिंगापुरको इनिङ्स सम्हालेका थिए । चन्द्रमोहन ६ रनमा पभेलियन फर्किए ।
आर्यावीर चौधरीले ३७ रन थपे । मनप्रित सिंहले २४ र अक्षय पुरीले १३ रन बनाए । सिंगापुरका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरका तीन ब्याटर ‘डक’ भएका थिए ।
नेपालका अभिनाश बोहराले तीन विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र करण केसी समान दुई विकेट लिए ।
आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यसपछि नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
यस छनोटबाट फाइनलमा पुग्ने दुई टिम भने आउँदो वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend