काठमाडौं । विश्वकप छनोटमा ब्राजिल आफ्नै घरेलु मैदानमा अर्जेन्टिनासँग पराजित भएको छ । बुधबार भएको खेलमा अर्जेन्टिना १–० गोलले विजयी बनेको हो ।
खेलमा निकोलास ओटामेन्डीले ६३ औँ मिनेटमा एक मात्र गोल निर्णायक बन्यो । विश्वकप छनोटमा घरेलु मैदानमा ब्राजिल पराजित भएको यो पहिलो पटक हो । यसअघिका ६४ खेलमा ब्राजिल ५१ खेलमा विजयी र १३ खेलमा बराबरीमा रोकिएको थियो ।
यसअघि माकाराना रंगशालामा समर्थक र प्रहरीबिच झडप भएपछि खेल ३० मिनेट ढिला सुरु भएको थियो । पराजयसँगै ब्राजिल ६ खेलपछि अङ्क तालिकाको छैटौँ स्थानमा खस्किएको छ । ६ खेलबाट टोलीको मात्र ७ अङ्क रहेको छ । अर्जेन्टिना भने समान खेलबाट १५ अङ्क बटुल्दै शीर्ष स्थानमा छ ।
अन्य खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोलले हरायो भने इक्वेडरले पनि चिलीलाई समान गोल अन्तरले पराजित गर्यो । उरुग्वेले बोलिभियालाई ३–० ले हराउँदा पेरु र भेनेजुएलाले १–१ गोलको बराबरी खेले ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend