Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • नेदरल्याण्ड्ससँग हारेपछि विश्वकप छनोटबाट बाहिरियो नेपाल


    शनिबार, असार ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको छ । जिम्बाब्वेमा खेलिएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई ७ विकेटले पराजित गरेको हो ।

    टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।

    नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको छ । नेपाललाई हराएपछि नेदरल्यान्ड्स सुपर सिक्स चरणमा पुगेको छ । नेपालले भने अब प्लेअफ चरणको खेल खेल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार