बुटवल । रुपन्देही जिल्लाको मर्चवार क्षेत्रमा पेस्तोल देखाएर ५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा रहेका अज्ञात समूहले सम्मरीमाई गाउँपालिका–६ मा श्रीप्रकाश बरईलाई पेस्तोल देखाएर साढे ५ लाख रुपैयाँ लुटपाट गरेका छन् । लुटेरा समूह पेस्तोल देखाएर लुटपाट गरी फरार भएको पीडित बरईका दाइ एंव मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए ।
रुपन्देहीको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक रेशम पौडेलले भैरहवाको नबिल बैंकबाट रकम झिकेर रायपुरतर्फ जाँदै गर्दा रकम लुटपाट भएको बताए । उनले रकम लुटेको खबर पाउन साथ लुटेरा समुहको खोजतलास जारी राखेको बताए ।
रुपन्देहीको सुरक्षा चुस्तदुरुस्त नहुदाँ अपराधीको मनोबल बढ्दै गएको छ । जसका कारण जिल्लामा बम बिष्फोटन, हत्या, लुटपाट, चोेरी, फिरौती माग लगायतका अपराध बढ्दै गएका छन् ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्नमा रुपन्देहीका एसपी भरत बहादुर विक असफल देखिएका छन् ।
सरुवा भएका घुमुवा प्रहरी सहायक निरिक्षक पवन जिसीलाई काखी च्यापेर तस्करी, क्यासिनो लगायतबाट असुली धन्दा चलाउँदा जिल्लाको शान्ति सुरक्षामा असर पर्न थालेको हो । अपराध नियन्त्रणका लागि खटिएका घुमुवाहरु जिल्लामा अपराध नियन्त्रण गर्नुभन्दा तस्करी गराउनमा तल्लिन छन् । तर, पनि आईजीपी बसन्त कुवँर र लुम्बिनी प्रदेशका डिआईजी उमेशराज जोशी चुपचाप छन् ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend