काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा छापा मारेको छ । अख्तियार स्रोतका अनुसार विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी आयोगमा परेपछि कागजात नियन्त्रणमा लिइएको हो ।
अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंकखाता पनि रोक्का राखेको छ । विमानस्थल आयोजना कार्यालयले अख्तियारको टोली पोखरा आएर फाइल हेरेको पुष्टि गरको छ ।
पोखरा विमानस्थलमा गुणस्तरहीन सामग्री प्रयोग गरी निर्माण गरेको त छँदैछ, टेण्डर प्रक्रियादेखि सेटिङ गरी राज्यलाई अरबौं नोक्सान पारेको बिषयमा पनि अख्तियारले अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ । पोखरा विमानस्थल निर्माणमा घोटाला गरेको भन्दै प्रमाणसहित थुप्रै उजुरी अख्तियारमा परेका छन् । ती उजुरीमा पनि अख्तियारले छानबिन गर्ने भएको छ ।
१२ अर्बबाट लागत बढाएर २४ अर्ब कसरी पुग्यो ?
१२ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुनेगरी स्टीमेट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत बढाएर २४ अर्ब रुपैयाँ पुर्याएको बिषयमा छानबिन नभएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना हुँदैआएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख वर्तमान नेपाल नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदीप अधिकारी नै थिए । अधिकारीले नै १२ अर्बबाट लागत बढाएर २४ अर्ब पुर्याएका हुन् । जुनसुकै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई प्रभावमा पार्न सफल हुँदैआएका अधिकारीले सबैतिर सेटिङ गरी पोखरा विमानस्थलको लागत १२ अर्ब बढाएको दर्जन उजुरी अख्तियारमा परेका छन् ।
चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ २ प्रतिशत ब्याजमा र २ अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वभाविक रुपमा बृद्धि गर्दा ठूलो आर्थिक चलखेल गरिएको बिषयलाई अख्तियारले गम्भीर रुपमा लिएको छ भन्ने संकेत आज कागजात नियन्त्रणमा लिएपछि पुष्टि भएको छ ।
आयोजना प्रमुख अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सीएएमसी इन्जीनीयरीङ कम्पनीलाई दिएका थिए । सीएएमसी इन्जीनीयरीङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि प्रदीप अधिकारीले नै मिलाएका थिए । बिचौलिया नवीन बस्नेत र प्रदीप अधिकारीको सेटिङमा क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभी राखिएको थियो ।
नवीन बस्नेतले क्षमादेवी कन्ष्ट्रक्सनको लाइसेन्स प्रयोग गरी नागरिक उड्डयन प्राधिकरणका प्रायः सबै ठेक्का सेटिङमा लिने गरेका छन् । पोखरा विमानस्थलको ठेक्का पनि नवीन बस्नेतको क्षमादेवी\सीएएमसीले पाएको थियो । पोखरापछि प्राधिकरणका महानिर्देशक अधिकारीले हालसालै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि क्षमादेवीलाई नै दिएका छन् ।
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको प्रमुख हुँदा सेटिङमा अरबौंको ठेक्का दिएको र प्रतिस्पर्धालाई नै सीमित गरी राज्यलाई अरबौं नोक्सान पार्ने काम गरेका महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७ अर्ब ८० करोड रुपैयाँको ठेक्का नवीन बस्नेतको सेटिङमा चाइनीज कम्पनीलाई दिएका थिए । १ अर्ब २४ करोड कम कबोल गरेको कम्पनीलाई नदिई नवीन बस्नेतको सेटिङमा ठेक्का दिइएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखराको ठेक्कामा अरबौं अरब रुपैयाँको ठेक्का सेटिङ गरेका अधिकारीले परामर्शदाताको छनोटमा पनि डरलाग्दो अनियमितता गरेका छन् । उनले आफ्नै लगानी भएको कम्पनीलाई परामर्शदाता नियुक्त गरेको आरोप छ । अधिकारीका आफन्तका नाममा २ वटा परामर्शदाता कम्पनी छन् । अख्तियारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखरा र गौतमबुद्ध विमानस्थलको परामर्शदाताको छानबिन गर्ने हो भने प्रदीप अधिकारीकै भएको पुष्टि हुने प्राधिकरणका एक अधिकारीले बताए । अख्तियारले परामर्शदाता छनोटका क्रममा भएको सेटिङका बारेमा पनि छानबिन गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणका ती अधिकारी बताउँछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरामा भएको ठेक्कामा होस् कि हालै भएको भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि प्रदीप अधिकारीले नवीन बस्नेत र धनबहादुर बुढासँग मिलेर सेटिङमै दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नागरिक उड्डयन प्राधिकरण अन्तर्गतका तीनवटै विमानस्थल निर्माणको ठेक्कामा भएको अरबौंको घोटालाका बारेमा उजुरी परेका छन् । तर ती उजुरीमा छानबिन हुन नदिने भन्दै नवीन बस्नेतले अख्तियार प्रमुख प्रेमकुमार राईलाई मिलाउन भनेर करोडौं रुपैयाँ प्रदीप अधिकारीसँगबाट लगिसकेको बिषयमा पनि आयोगले गम्भीरतापूर्वक छानबिन गर्ने भएको छ । प्रदीप अधिकारीले गरेका अरबौंको ठेक्का सेटिङको उजुरी मिलाउने भन्दै अख्तियार प्रमुख राईको बदनाम गर्ने काम नवीन बस्नेतले पछिल्ला दिनमा गरिरहेका छन् ।
महानिर्देशक अधिकारीले आयोजनाको ठेक्कामार्फत् भ्रष्टाचार गरी आर्जित रकम तिनै नवीन बस्नेतमार्फत् मिटरब्याजमा पनि लगानी गरेको स्रोत बताउँछ । स्रोतका अनुसार बस्नेतको अकूत सम्पत्तिमाथि पनि अख्तियारले गोप्यरुपमा अनुसन्धान गरिरहेको छ ।
डीजी अधिकारीले प्राधिकरणका सबै आयोजना प्रमुख हुँदा गरेका अरबौंका ठेक्का सेटिङको बारेमा सप्रमाण समाचार आइरहेका छन् । स्थानीय तहमा एकाध लाख भ्रष्टाचार गर्नेहरुका बिरुद्ध आक्रामक अख्तियार देशका तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अरबौं भ्रष्टाचारमा किन छानबिन गर्न सकिरहेको छैन भन्ने प्रश्न उठिरहेको छ । आइतबार पोखरा विमानस्थलको कागजात नियन्त्रणमा लिएपछि प्रदीप अधिकारी जस्ता शक्तिकेन्द्रलाई प्रभावमा पारी जे पनि गर्नसक्छु भन्नेहरु कानुनी कारबाहीको दायरामा आउँछन् कि आशा पलाएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend