Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुल्मीमा प्रहरीमाथि कुटपिट गर्ने १२ जना पक्राउ


    सोमबार, कार्तिक १३ २०८०
    875
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका–४ अर्खबांगमा सराँय सकिएपछि मादकपदार्थ सेवन गरेर झगडा गरेका युवालाई छुट्याउने क्रममा प्रहरीमाथि नै कुटपिट भएको छ ।

    स्थानीयको आक्रमणमा परी प्रहरीचौकी अर्खबांगका प्रहरी सहायक निरीक्षक विष्णुबहादुर गाहा र अर्का एक हबलदार घाइते भएका छन् । घाइते प्रहरी कर्मचारीलाई थप उपचारका लागि भैरहवा लगिएको गुल्मी प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनामा संलग्न रहेको भन्दै १२ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा मालिका गाउँपालिका–३ का ३९ वर्षीय सन्तबहादुर थापा, २४ वर्षीय अनिल थापा, १९ वर्षीय विशाल थापा, २२ वर्षीय विकल्प थापा, ३३ वर्षीय नरेन्द्र थापा रहेका छन् । त्यसैगरी, वडा नम्बर ३ कै ३१ वर्षीय भरत थापा, ४२ वर्षीय नारायण पाण्डे, १९ वर्षीय विपिन थापा, ३३ वर्षीय गुञ्जबहादुर थापा रहेका छन् ।

    त्यस्तै, मालिका गाउँपालिका–२ निवासी २७ वर्षीय केशव खड्का, वडा नम्बर ८ निवासी २० वर्षीय साहिल जिसी र रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–११ घर भई हाल मालिका गाउँपालिका–६ मा डेरा गरी बस्ने २४ वर्षीय अनिल ठकुरी रहेका छन् ।

    उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार