Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा एमाले नेताहरु सहभागी 


    शनिबार, कार्तिक ११ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेताहरु सहभागी भएका छन् ।

    उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली, नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी भएका हुन् ।

    उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले स्वागत गरेका छन् ।

    अध्यक्ष ओली देउवासँग हात मिलाएर थोरै अनौपचारिक कुरा गरेर चियापानमा लागेका छन् ।

    कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको स्रोतले बतायो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार