काठमाडौं, २० चैत । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले स्वास्थ्य सेवा विभागमार्फत् टेण्डर गरी खरिद गरेको सबा अर्ब रुपैयाँको मेडिकल उपकरण अति महंगो भएको भनी चर्को आलोचना भएपछि सरकारले सम्झौता रद्ध गरी आपूर्तिकर्ताको धरौटीबापतको ५ करोड रुपैयाँ जफत गरेको जानकारी दिइसकेको छ । मेडिकल उपकरणका कारोबारका लागि दर्ता नै नभएको र यसअघि कामै नगरेको ओम्निटेक इन्टरनेशनलसँग खरिद सम्झौता रद्द गरेपछि सरकारले गभर्मेन्ट टु गभर्मेन्ट(जी टु जी) मार्फत् खरिद गर्ने र त्यसमा सेनालाई संलग्न गराउने कुरा बिहीबारदेखि चर्चामा आएको छ ।
सेनालाई मेडिकल उपकरण खरिद प्रक्रियामा सहभागी गराउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा नपर्ने भएकाले सरकारले यस्तो गर्न लागेको आशंका पनि गर्न थालिएको छ ।
सेनालाई खरिद प्रक्रियामा सहभागी गराउनु नहुने आवाज नेकपाभित्रै उठेको छ । नेकपाका नेता डा. बिजय पौडेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्– ‘सरकारससँग सरकारले सम्झौता गरी जीटुजी खरिद गरेर सामान ल्याउने हो भने सेनालाइ नमिसाउँदा राम्रो । सेना ब्यापारमा सामेल नहोस् । ब्यापार हैन र अनुदान हो भने सेनालाइ जिम्मा दिन हुन्छ । कमसे कम सेना त भ्रष्टाचारको आरोपबाट जोगियोस् ।’
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend