Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सल्यानमा हत्या आरोपमा दुई युवा पक्राउ


    शुक्रबार, कार्तिक १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सल्यान। सल्यानमा मदिरा सेवन गरी कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । जिल्लाको बाग्चौर नगरपालिका ७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

    मरणासन्न हुनेगरी कुटपिट गरी फरार रहेका केशर ओलीलाई बाग्चौर नगरपालिका ९ मौरीघारे परिलेक र सन्तोष ओलीलाई दाङको तुलसीपुर उपमहानगरपालिका १२ रझेनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार