काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले पुराना राजनीतिक दल र तिनको नेतृत्वप्रतिको वितृष्णाले नयाँ वैकिल्पिक शक्ति निर्माणको आधार तयार पारेको टिप्पणी गरेका छन्।
‘यो बीचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक छ। असन्तुष्टी नै नयाँ सिर्जनाको जननी हो भने झैं यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाकक आधार निर्माण पनि गर्दैछ,’ उनले ट्विटरमार्फत् भनेका छन्।
भट्टराईले आइन्सटाइन र लग्जेम्बर्गको भनाइ अनुदित गर्दै भनेका छन्, ‘आइन्सटाइन भन्थे—जुन चेतनाले कुनै समस्या सिर्जना गरेको हुन्छ त्यही चेतनामा उभिएर सो समस्या हल गर्न सकिँदैन। त्यस्तै लेनिनलाई दरो वैचारिक टक्क दिने रोजा लग्जेम्बर्ग भन्थिन्—कुनै पनि क्रान्ति स्थिर रहन सक्दैन; त्यो कि अघि बढ्छ कि पछि हट्छ।’
नेपालमा २००७ सालतिर बिपी र पुष्पलालहरूले सुरू गरेको पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई ६५ वर्षसम्म संघर्षका विभिन्न उतारचढाव हुर्कंदै हाम्रो पुस्ताले २०७२ सालमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर सापेक्ष पूर्णतामा पुर्याएको उनले बताएका छन्।
तर, त्यस यताको समयमा त्यो ऐतिहासिक राजनीतिक क्रान्तिलाई पछिल्लो भूराजनीतिक र भूआर्थिक विशेषता र नेपालको विशिष्ठता अनुरूप नयाँ आर्थिक–सामाजिक क्रान्तिको विचार/नीति/योजना/कार्यान्वयन मार्फत् रक्षा र विकास हुन नसकेको उनले बताएका छन्।
आम जनतालाई सुशासन र समतामूलक समृद्धिको प्रत्याभूति र समग्र क्रान्तिको निरन्तरता दिनुपर्नेमा पुराना क्रान्तिकारी नेताहरू नै सत्तास्वार्थको चास्नीमा डुब्न पुग्नु अहिलेको नेपालको प्रमुख समस्या रहेको पनि बताएका छन्।
‘हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘नयाँशक्ति’ को आवस्यकता भनेका हौं र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौं। परन्तु बीचबीचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर त्यो कोशिस अपेक्षित गतिमा परिणाममुखी बन्न नसकेको आत्मविवेचना पनि गरेका छन्।
‘केही समय यता हामी आफ्ना गल्ती—कमजोरीलाई सच्याएर नयाँढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौं,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन्।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend