गौर । देशमा आर्थिक मन्दी छ । राजस्व असुली लक्ष्य अनुसार हुन सकेको छैन । गतबर्षको भन्दा पनि कम राजस्व असुली भएकाले आगामी मंसिरदेखि कर्मचारीलाई तलव खुवाउन पनि धौधौ हुने आँकलन अर्थविद्हरुले गर्न थालेका छन् ।
भन्सारबाट हुने आयातले राजस्वको मुख्य हिस्सा ओगट्ने गर्दछ । तर सीमा क्षेत्रमा भन्सार तिरेर भन्दा तस्करीबाट सामान भित्रने गरेको छ । सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा भन्सारछली हुँदैआएको छ । भारतीय सीमावर्ती क्षेत्रबाट रातभर सीमा क्षेत्रमा मोटरसाइकलबाट लत्ताकपडा, चिनी नेपालमा ल्याएर गोदाममा राख्ने र त्यहाँबाट काठमाडौं लगायतका सहरमा लाने गरिएको छ ।
तस्करीका सामान सबैभन्दा बढी सिरहाका माडर, ठाडी जस्ता नाकाबाट आउने गरेको सूचनापछि १ महिनाअघि राजस्व अनुसन्धान कार्यालय इटहरीले ट्रक नियन्त्रणमा लिनुका साथै विभिन्न ठाउँका गोदाममा छापा हानेको थियो । सशस्त्र प्रहरी बलका गणपति प्रमोद भारतीकै सेटिङमा तस्करी भएको समाचार आएपछि उनलाई तानिसकिएको छ ।
सिरहामा यसअघि भएकै जस्तो तस्करी सशस्त्र प्रहरी बलकै मिलेमतोमा रौतहटमा हुने गरेको छ । सशस्त्र प्रहरी बल गण नं. ११ हजमिनिया रौतहटकै संरक्षणमा विभिन्न नाकाबाट दररेट तोकेर घुस लिंदै तस्करी गर्न छुट दिइएको समाचार नेपालफेसलाई प्राप्त भएको छ ।
सिरहामा एसपी भारतीले नै सबै सेटिङ गर्दैआएका थिए भने रौतहटमा गौर गुल्मका इन्चार्ज डीएसपी अमर लामाले मिलाउने गरेका छन् । भारतीकै जस्तो उनी पनि सेटिङमा पारंगत रहेको बताइन्छ । स्रोतका अनुसार रौतहटको गण नं. ११ का एसपी माधव रेग्मी हुन् । तर ब्यापारीसँग सेटिङ मिलाउने काम भने गौर गुल्मका डीएसपी अमर लामाले गर्दैआएका छन् ।
रौतहटको सदरमुकाममै रहेको भन्सार कार्यालय गाडिबाटै तस्करी हुने गरेको छ । त्यसका अतिरिक्त बेलबिछवा लक्ष्मीपुर, महादेवपट्टि, मठिया नाका, बंकुलबाट बढी तस्करी हुँदैआएको छ । सशस्त्र प्रहरीकै सामुन्ने यी नाकाबाट तस्करी गरी सामान नेपालतर्फ ल्याउँदैगरेको दृश्यसहितको भिडियो समेत नेपालफेसलाई प्राप्त भएको छ ।
बेलबिछवा लक्ष्मीपुर नाकाबाट मदिरा तस्करीको लाइन पाउने ब्यापारीहरुमा वीरेन्द्र सिंह, नवल साह, निरज सिंह छन् । ब्रम्हदेव यादवले कुुखुराको चल्ला, प्रभु पण्डित र रुपेश, इन्साद कपडाको लाइन पाएका छन् । मदिराको तस्करी गर्नेहरुलाई मासिक २५ देखि ३० हजार रुपैयाँ घुसको दररेट तोकिएको छ भने कुखुराको चल्ला र कपडाको २५ देखि ३५ हजार रहेको स्र्रोत बताउँछ ।
यो नाकाबाट तस्करीको लाइन मिलाउन ब्यापारीहरुले नेपाल प्रहरीको स्थानीय चौकीका इन्चार्जलाई समेत सेटिङ गर्ने गरेका छन् । गौर गुल्मका डीएसपी अमर लामाको सेटिङमा भन्सार अगाडिबाटै खुलेआम तस्करी हुने गरेको छ । मासिक ८० हजारदेखि १ लाख रुपैयाँदेखि सम्म दररेट तोकेर उक्त नाकाबाट ब्यापारीलाई कपडा तस्करीको लाइन दिइएको छ । मनोज, शत्रुघन, किरणीया, करणीदेवी, भगवतीया, कान्तिले कपडा भन्सारछली गरी भित्र्याउने गरेका छन् ।
महादेवपट्टि नाकाबाट मदिरा, हार्डवेययरका सामान, खैनी, गुट्खा नेपालतर्फ भित्र्याउने गरिएकोे छ । किशोरीले र छोटेलालले मदिरा र हार्डवेयर, नेताजीले मदिरा र खैनी भित्र्याउने गरेका छन् । यो नाकामा पनि यी ब्यापारीलाई मासिक दररेट नै कायम गरी तस्करीको लाइन दिइएको छ ।
औरैया नाकाबाट अमजितले कपडा र खैनीको लाइन पाएका छन् । मिश्रीलाल र प्रमोदले किराना सामान भारतबाटभन्सारछली गरी ल्याउने गरेका छन् । भारतीय बजार चैनपुरबाट भन्सारछलीका सामान खुलेआम भित्रंदा पनि सशस्त्र प्रहरीले त्यसमा रोकतोक नगरी छुट दिने गरेको छ ।
२५ देखि ५० हजार घुस दिएर उल्लखित ब्यापारीहरुले यो नाकाबाट तस्करीको सामान ल्याउने गरेको आरोप छ । औरैयाको सशस्त्रको बीओपीकै अगाडिबाट तस्करीको सामान भारतीय बजारबाट ल्याउने गरिएको छ । यो नाकामा रहेको नेपाल प्रहरीको चौकीका सईलाई मिलाएर सामान भित्र्याउने गरिएको छ ।
भारतीय बजार घोडासनसँग जोडिएको मठिया महुलिया र मत्सरी रामपुर खाप नाकाबाट पनि ब्यापक रुपमा तस्करीको सामान नेपालतर्फ भित्रने गरेको छ । यो नाकाबाट दररेट बुझाएर मदिरा तस्करीको लाइन जैसवालले पाएका छन् । राजाबाबुले खसीबाख्रा, इम्तीयाज र नागेन्द्रले भैंसी तस्करी गर्ने गरेका छन् । मदिरा र खसीबाख्रा नेपालतर्फ भित्र्याएबापत २० हजार र भैंसीको ५० हजार दररेट तोकिएको स्रोत बताउँछ । जयनगरमा नेपाल प्रहरीको असई बस्छन् । उनलाई समेत तस्करहरुले सेटिङ गरेका छन् ।
सशस्त्र र नेपाल प्रहरीको सेटिङमा खुलेआम तस्करी हुने गरेपछि भन्सार तिरेर सामान लान चाहने ब्यापारी पनि तस्करीमा लागेको गौर भन्सार कार्यालयका प्रमुख अमिन्द्र सिंहले नै भन्ने गरेका छन् ।
९ महिनामा ३ करोड ९८ लाखका सामान बरामद
रौतहटमा भन्सारछली तस्करी बढिरहेकै अवस्थामा सशस्त्र प्रहरीले ९ महिनामा अवैध सामान बरामद गरेको विवरणा पनि सार्वजनिक गरेको छ । सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटले २०७९ माघदेखि २०८० असोजसम्म सार्वजनिक गरेको प्रगति विवरणमा ३ करोड ९८ लाख ८२ हजार ५ सय २८ रुपैयाँबराबरको अबैध समान बरामद गरेको उल्लेख छ । बरामद गरिएका सामानहरुमा बस १, पिकअप १, म्याजिक १, बोलेरो १, ट्याक्टर १, मोटरसाइकल ७८ वटा छन् ।
त्यसैगरी अबैध किराना, कस्मेटिक, लत्ताकपडा, मोटरपार्टर्स्, काठ, पशुचौपाय, ब्राृेइलर कुखुरा, मदिरा, मलखाद, अबैध नेपाली रुपैयाँ, अबैध भारतीय रुपैयाँ, पटाका बरामद गरेको प्रगति विवरणमा उल्लेख छ । अबैध रुपमा भित्र्याइएका सामानका अतिरिक्त २१ जनालाई पक्राउ गरिएको गणले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend