Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नारायणगढ–बुटवल सडक समयमा निर्माण नहुँदा यात्रुलाई सास्ती


    सोमबार, कार्तिक ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डाै। नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त हुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ । उक्त सडकका कारण यातायात व्यवसायी र गाडी चालक पनि हैरान भएका छन् । सडकखण्डमा दुर्घटना हुने सम्भावना पनि बढेको छ।

    ठेकेदार कम्पनी जिम्मेवार नहुँदा र लापरबाही गर्ने ठेकेदारलाई कारबाही नहुने प्रवृत्तिका कारण यात्रुले सास्ती पाउँदै आएका छन् ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पूरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ। २०७५ साल चैत ८ गते नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो।

    बुटवल–नारायणगढ सडक आयोजनाका इन्जिनियरले वर्षायामका कारण अहिले धेरै काम नभए पनि तोकिएको मितिमा काम सम्पन्न गर्ने गरी आफूहरूले काम गरेको बताएका छन्।

    अहिले एक वर्षका लागि थपिएको म्याद अनुसार २०८१ साउनमा सडक बनिसक्नुपर्नेछ । यसका लागि सडकमा धमाधम काम भइरहेको नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख आशिष थापामगरको दाबी छ।

    पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सडकको दुरवस्थाले १० वर्षसम्म टिक्ने गाडी १ वर्षमै बिग्रने गरेको बताउनु भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार