काठमाडौँ। भोजपुरमा एक ७ वर्षीया बालिकामाथि बलात्कार पछि हत्या भएको छ।
आज बिहान आमचोक गाउँपालिका-६ टेङलुङछुक स्थित जंगलको गुफामा पानीमुनी ७ वर्षीया नाबालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सुदीपराज पाठकले जानकारी दिए।
ती बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही थुन्कीका २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ।
डिएसपी पाठकका अनुसार नाबालिका बिहीबार साँझ अन्दाजी ६ बजेदेखि हराइरहेकी थिइन्। परिवारले आफ्नी छोरी खेलिरहेको बेलामा हराएको भन्दै फोनमार्फत प्रहरीलाई खबर गरेका थिए।
उक्त खबर पाएपछि प्रहरीको टोलीले घरमा पुगेर बालिकाको विवरणहरू लिएको थियो।
शुक्रबार इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएर नाबालिकाको खोजी गर्न थालेको थियो।
प्रहरीले अनुसन्धान गर्नेक्रममा अन्तिमपटक दिपचन्द्रसँग नाबालिकाको भेट भएको खुलेको थियो।
दिपचन्द्र नाबालिकाका छिमेकी समेत हुन्। जसकारण मृतक परिवारले पनि उनीमाथि शंका गरेको थिएन।
सुरूमा प्रहरीले उनलाई सोधपुछ गर्दा आफूलाई घटनाबारे थाहा नभएको बताइरहेका थिए।
तर प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएको थियो।
घटनाबारे स्वीकार गरेपछि प्रहरीले शवबारे सोधेको थियो। त्यसक्रममा शनिबार बिहान ८ बजे टेङलुङछुकस्थित जंगलको गुफामा पुगेको थियो।
जहाँ नाबालिकाको शव फेला परेको थियो। नाबालिकाको शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ।
उक्त घटनास्थलमा मुचुल्का उठाएर पोष्टमर्टम गर्न प्रहरीले धरानस्थित घोपा अस्पतालमा पठाएको स्रोतले जनाएको छ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend