Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • भारतीय गाडीबाट पेस्तोल र गोलीसहित सर्लाहीका युवक मोरङमा पक्राउ


    शनिबार, कार्तिक ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मोरङको धनपाल थानबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।

    भारतीय नम्बर प्लेटको स्करपिओ गाडीभित्र पेस्तोल र गोलीसहित सर्लाही हरिपूर्वा नगरपालिका-७ का २७ वर्षीय रवीन्द्रकुमार यादव पक्राउ परेका हुन् ।

    पार्किङ गरेर राखेको बीआर ०६ पीए १३६३ नम्बरको स्करपिओभित्र पेस्तोल र गोली फेला परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार