काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन्।
ओली बिहान सवा १० बजे भद्रपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। अध्यक्ष ओली दशैंका तीन दिन झापाको दमक स्थित आफ्नो निवासमा बस्ने नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
ओलीले अढाइ दशक देखि वडा दशैं लगायत चाडपर्वको शुभकामना कार्यक्रम आयोजनालाई निरन्तरता दिइरहेका छन्। सोही अनुसारका आज पनि झापाको विर्तामोडमा दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका पर्वहरुको शुभकामना कार्यक्रमको आयोजना गरेका छन्।
एमाले जिल्ला कमिटीका सचिव शिव ढुंगेलका अनुसार दिउसो साढे १२ बजे देखि विर्तामोडको साई पार्टी प्यालेस सिटी सेन्टर विर्तामोडमा कार्यक्रम हुने भएको हो। एमाले नेता देवेन्द्र दाहालका अनुसार २०५६ सालको भदौतिर पार्टीका तत्कालिन स्थायी कमिटी सदस्य ओलीसँग सल्लाह गरेर दशैंको नवमीको दिन हरेक वर्ष शुभकामना कार्यक्रम आयोजना गरिँदै आएको छ।
ओली नवमीसम्म झापामै रहने नेता दाहालले बताए। अध्यक्ष ओलीले आयोजना गर्ने शुभकामना कार्यक्रममा जिल्लामा उपलब्ध विभिन्न पार्टीका शीर्ष नेताहरुलाई पनि आमन्त्रण गर्ने गरिएको छ।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,कांग्रेस नेता कृष्ण प्रसाद सिटौला महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरु सहभागी हुने गरेका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend