Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विमानस्थलभित्रका पसलमाथि छानबिन गर्न समिति गठन


    बिहिबार, कार्तिक २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हवाई यात्रुहरूले विमानस्थलभित्रका पसल/कबलहरूमा बीक्री हुने वस्तु तथा सेवाबारे गुनासो गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा रहेका देशभरका विमानस्थलका पसलमाथि छानबिन गर्ने भएको छ ।

    प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उक्त विषयमा अध्ययन समिति गठन गरेका हुन् ।

    नेपालभरका विमानस्थलमा सञ्चालित पसलमा बीक्री गरिने वस्तु तथा सेवालाई थप व्यवस्थित गर्न भन्दै प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा समिति गठन भएको हो ।

    उक्त ९ सदस्यीय समितिलाई १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको छ । हालैमात्र मन्त्री किरातीले विमानस्थलका पसलको अनुगमन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार