Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री श्रेष्ठ खतरामुक्त र बोल्न सक्ने अवस्थामा : सरकार


    बिहिबार, कार्तिक २ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त अवस्थामा रहेको जनाएको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी दिएकी हुन् ।

    चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठलाई हृदयघात भएपछि बेइजिङको अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्थाका बारेमा बेइजिङस्थित राजदूतबाट सरकारले जानकारी लिइरहेको मन्त्री शर्माले बताइन् ।

    मन्त्री श्रेष्ठ अहिले बोल्न सक्ने अवस्थामा छन् र अब श्रेष्ठ डिस्चार्ज हुन दुई-चार दिन समय लाग्न सक्ने स्रोतले जनायो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार