काठमाडौँ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएका ३३ वर्षीय युवक जेलबाट छुटेको एक महिना नपुग्दै हत्या आरोपमाफेरि पक्राउ परेका छन्।
रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-९ का लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो।
रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार उनलाई मुसिकोट नगरपालिका-७ साँखुकी २७ वर्षीया भावना बिकको हत्या आरोपमा पक्राउ गरिएको हो।
गत असोज ३० गते बिहान खलंगाको सत्कार होटलमा हत्या गरिएको अवस्थामा भावनाको शव फेला परेको थियो। उनको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेपछि शवलाई शिरकले छोपेर राखिएको अवस्थामा भेटिएको थियो।
प्रहरी अनुसन्धानका अनुसार लोकबहादुर र भावना असोज २८ गते सोही होटेलको कोठा बुक गरि बसेका थिए ।
त्यसको भोलिपल्ट कोठामा ताला लगाएर लोकबहादुर फरार भएका थिए। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेको थियो। सोही दिन पक्राउ परेका लोकबहादुरलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।
भावनाको श्रीमान र लोकबहादुरकी श्रीमती वैदेशीक रोजगारमा छन्। लोकबहादुरले भावनाबीच विवाहोत्तर सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सोही सम्बन्धका कारण भावनाले आफू गर्भवती भएका कारण विवाहको प्रस्ताव गरेकी थिइन्। सोही कारण लोकबहादुरले उनको हत्या गरेको बताएका छन्।
उनीहरूबीच लेनदेनको पनि विवाद रहेको प्रहरीले जानकारी दिएको छ।
लोकबहादुरले भावनाको श्रीमानलाई वैदेशीक रोजगारमा पठाउन केही रकम दिएको र त्यो फिर्ता माग्दा भावनाले नदिएको लोकबहादुरले प्रहरीसँग बताएका छन्। विवाहोत्तर सम्बन्ध लुकाउनका लागि उनले भावनाको हत्या गरेको बताएका छन्।
लोकबहादुर भावनाको हत्या गरेको प्रहरीसामू स्वीकार गरिसकेका छन्।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend