काठमाडौँ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएका ३३ वर्षीय युवक जेलबाट छुटेको एक महिना नपुग्दै हत्या आरोपमाफेरि पक्राउ परेका छन्।
रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-९ का लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो।
रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार उनलाई मुसिकोट नगरपालिका-७ साँखुकी २७ वर्षीया भावना बिकको हत्या आरोपमा पक्राउ गरिएको हो।
गत असोज ३० गते बिहान खलंगाको सत्कार होटलमा हत्या गरिएको अवस्थामा भावनाको शव फेला परेको थियो। उनको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेपछि शवलाई शिरकले छोपेर राखिएको अवस्थामा भेटिएको थियो।
प्रहरी अनुसन्धानका अनुसार लोकबहादुर र भावना असोज २८ गते सोही होटेलको कोठा बुक गरि बसेका थिए ।
त्यसको भोलिपल्ट कोठामा ताला लगाएर लोकबहादुर फरार भएका थिए। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेको थियो। सोही दिन पक्राउ परेका लोकबहादुरलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।
भावनाको श्रीमान र लोकबहादुरकी श्रीमती वैदेशीक रोजगारमा छन्। लोकबहादुरले भावनाबीच विवाहोत्तर सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सोही सम्बन्धका कारण भावनाले आफू गर्भवती भएका कारण विवाहको प्रस्ताव गरेकी थिइन्। सोही कारण लोकबहादुरले उनको हत्या गरेको बताएका छन्।
उनीहरूबीच लेनदेनको पनि विवाद रहेको प्रहरीले जानकारी दिएको छ।
लोकबहादुरले भावनाको श्रीमानलाई वैदेशीक रोजगारमा पठाउन केही रकम दिएको र त्यो फिर्ता माग्दा भावनाले नदिएको लोकबहादुरले प्रहरीसँग बताएका छन्। विवाहोत्तर सम्बन्ध लुकाउनका लागि उनले भावनाको हत्या गरेको बताएका छन्।
लोकबहादुर भावनाको हत्या गरेको प्रहरीसामू स्वीकार गरिसकेका छन्।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend