Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ लाख रुपैयाँ लुटेर भागेका २ युवा पक्राउ


    बुधबार, कार्तिक १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । दाङमा आज दिउँसो १ लाख रुपैयाँ लुटेर भागेका २ युवा पक्राउ परेका छन् । तुलसीपुरबाट १ लाख रुपैयाँ लुटेर भागेका २ युवालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सम्झना टोलका २१ वर्षीय आयुष विक र १८ वर्षीय सुनिल मगर रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    तुलसीपुर–८ का दिनेश वलीले बैंकबाट पैसा निकाले लगत्तै पिछा गरी उनीहरूले लुटेका थिए । पैसा लुटिएकाे खबर पाउनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी परिचालन भएको थियो । तीन तर्फबाट प्रहरीले घेरा हालेर लुटेराको खोजी थालेको थियो ।

    प्रहरीले पिछा गर्दै जाने क्रममा तुलसीपुर–१० राइखल्यान क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरूमाथि अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार