Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी प्रदेशको विद्रोहबारे छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्री


    सोमबार, असोज २९ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूलाई छलफलको लागि डाकेका छन् । देउवाले कोशीमा शेखर पक्षले गरेको विद्रोहलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको सचिवालयले जनाएको छ ।

    धुम्वाराहीस्थित देउवा निवासमा बैठक ४ बजे बस्नेछ । देउवाले उपसभापतिहरू पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न लागेका हुन् ।

    कोशीमा नेता शेखर कोइरालाले विद्रोह गरेर एमालेसँग समीकरण थालेपछि कांग्रेसभित्र विवाद चुलिएको छ । कोशीमा शेखर पक्षका केदार कार्की मुख्यमन्त्री बनेका छन् । उनलाई सत्ता गठबन्धनले पनि साथ दिने भएको छ ।

    तर, त्यसबाट विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि देउवाले बैठक राखेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार